प्रिमियर लिग सबै भन्दा कठिन लिग, भन्छन् पेप गार्डिओला

म्यानचेष्टर सिटीका म्यानेजर पेप गार्डिओलाका अनुसार शनिबार वोल्भरह्याम्पटनसँग १–१ को बराबरी खेलेपछि प्रिमियर लिग उपाधि रक्षा गर्नु कति कठिन रहेको कुरा स्पष्ट भएको बताएका छन् ।

गत सिजन अंकतालिकामा शतक पूरा गर्दै उपाधि जितेको सिटीले यस सिजन शुरुवाती दुई खेल पनि उत्कृष्ट रुपमा जितेको थियो । तर शनिबार सिटीले वोल्भ्ससँग महत्वपूर्ण दुई अंक गुमायो । जसको फाईदा लिभरपुल र चेल्सीलाई भयो । यी दुई टोली क्रमशः अंकतालिकाको पहिलो र दोस्रो स्थानमा छन् र सिटीभन्दा २ अंकले अगाडी समेत छन् ।

उता मिडियासँग कुरा गर्दै गार्डिओलाले भने, “तपाईं मिडियाहरुलाई प्रिमियर लिगको मलाई भन्दा बढी अनुभव छ । म यहाँ आएदेखि नै मानिसहरुले प्रिमियर लिगको सबै भिडन्त कठिन हुने बताउँदै आईरहेका छन् । यहि यथार्थ पनि हो । केही परिवर्तन भएको छैन ।

वोल्भ्सविरुद्ध भिड्नु अघि पनि हामीलाई यो कुरा थाहा थियो । हामीले आफ्नो तर्फबाट उत्कृष्ट खेल्ने कोशिस गर्यौं । दुर्भाग्यवश हामी जित्न सकेनौं । अर्कोपटक हामी जित्नका लागि थप प्रयास गर्नेछौं । सबै म्यानेजरहरुलाई थाहा छ उनीहरुले आफ्नो टिमका साथ के गर्नुपर्छ ।