“प्रिमियर लिग भन्दा बरु म अष्ट्रेलियामा जान्छु”- पूर्व बार्सिलोना प्रबन्धक

बार्सिलोनाका पूर्व प्रशिक्षक अर्नेस्टो भाल्भर्डे स्वीकार्छन् कि इंग्ल्याण्डको क्लबमा जाने उनको केहि इच्छा छैन।

भाल्भर्डेलाई बार्साले नयाँ वर्षमा बर्खास्त गरेको थियो र सेटीन द्वारा उनि प्रतिस्थापित भए।

उनले भने, “मानिसहरूले मलाई कहिलेकाँही प्रश्न गर्छन् ‘प्रिमियर लिगमा जाने बारेमा?’ र म भन्छु ‘बरु म अष्ट्रेलिया जान चाहन्छु।

“फुटबलमा क्यारियर सदाको लागि रहदैन र कहिलेकाँही तपाईंले अनौंठो ठाउँमा जाने अवसर लिनुपर्दछ।

“सम्भव छ म कतै विदेश जान्छु। सत्य यो हो कि म अनौंठो कामहरू गर्न चाहन्छु तेसैले म यसलाई अस्वीकार गर्न सक्दैन।”