प्रिमियर लिग क्लब लिभरपुललाई किन्न युएफसी सुपरस्टार इच्छुक

प्रिमियर लिग क्लब लिभरपुललाई उसको मालिक फेनवे स्पोर्ट्स ग्रुप (एफएसजी) द्वारा बिक्रीको लागि राखेको बेला युएफसी सुपरस्टार कोनोर म्याकग्रेगर लिभरपुललाई किन्न इच्छुक रहेका छन्।

कोनोर म्याकग्रेगर धेरै समय देखि फुटबल क्लबमा लगानी गर्न इच्छुक रहेका थिए भने लिभरपुल बिक्रीमा रहेको सार्वजनिक भए पछि उनलाई एक फ्यानले ट्विटरमा लिभरपुल किन्न आग्रह गरेका थिए जसको जवाफमा म्याकग्रेगरले जवाफ दिँदै लिभरपुलको बिक्रीको वारे थप जानकारी मागे बताएका छन्।

लिभरपुललाई फेनवे स्पोर्ट्स ग्रुप (एफएसजी)ले क्लब किन्न इच्छुक रहेकोलाई आफ्नो प्रस्ताव दिन लिभरपुलका अमेरिकी मालिकले निमन्त्रणा गरेका छन् । अमेरिकी समूह फएसजीले जर्ज गिलेट जुनियर र टम हिक्स सँग २०१०मा क्लब खरिद गरेको थियो। ।

एफएसजी अन्तर्गत, लिभरपुलले योर्गेन क्लोपलाई व्यवस्थापकको रूपमा नियुक्त गर्दै २०१९ च्याम्पियन्स लिग र २०२० मा पहिलो पटक प्रिमियर लिग उपाधि जित्दै विश्वको उत्कृष्ट टोलीहरू मध्ये एक बनेको थियो।

एफएसजी मुख्यतया अमेरिकी व्यापारी जोन डब्ल्यू हेनरीको स्वामित्वमा छ, जो मेजर लीग बेसबल टोली बोस्टन रेड सोक्सको पनि मालिक हुन्।

गत वर्ष, मात्र एफएसजीले लिभरपुलको लागि आएको ३ बिलियनको प्रस्ताव अस्वीकार गरेको थियो भने हाल क्लब बेच्न उनी इच्छुक रहेका छन्।