प्रिमियर लिग क्लब लिभरपुललाई किन्न भारतीय अर्बपति इच्छुक

प्रिमियर लिग क्लब लिभरपुललाई उसको मालिक फेनवे स्पोर्ट्स ग्रुप (एफएसजी) द्वारा बिक्रीको लागि राखेको बेला भारतीय अर्बपति मुकेश अम्बानी इच्छुक रहेको जानकारी छ।

भारतीय कम्पनी रिलायन्स इन्डस्ट्रिजको कार्यकारी प्रमुख मुकेश अम्बानी एसियाकै धनी र संसारकै आठौँ धनी व्यक्ति हुन् । हाल खबर अनुसार उनी प्रिमियर लिग फुटबल क्लब लिभरपुललाई किन्न इच्छुक रहेका छन् र उनी साउदी अरेबियाबाट आएको प्रतिस्पर्धाको पनि सामना गर्न तयार रहेको जानकारी छ।

मुकेश अम्बानी ठुलो खेलकुद प्रेमी रहेका छन् भने उनी आईपीएलको क्रिकेट मुम्बई इन्डियन्सको मालिक हुन् र उनले भारतीय फुटबलको सुपर लिग स्थापना गर्न पनि मद्दत गरेका थिए जसको कारण भारतीय फुटबलमा धेरै विकास र परिवर्तन आएको छ।

लिभरपुललाई फेनवे स्पोर्ट्स ग्रुप (एफएसजी)ले क्लब किन्न इच्छुक रहेकोलाई आफ्नो प्रस्ताव दिन लिभरपुलका अमेरिकी मालिकले निमन्त्रणा गरेका थिए भने ४ बिलियन पाउन्ड एफएसजीले क्लबलाई बेच्न जानकारी छ।

एफएसजी अन्तर्गत, लिभरपुलले योर्गेन क्लोपलाई व्यवस्थापकको रूपमा नियुक्त गर्दै २०१९ च्याम्पियन्स लिग र २०२० मा पहिलो पटक प्रिमियर लिग उपाधि जित्दै विश्वको उत्कृष्ट टोलीहरू मध्ये एक बनेको थियो।

एफएसजी मुख्यतया अमेरिकी व्यापारी जोन डब्ल्यू हेनरीको स्वामित्वमा छ, जो मेजर लीग बेसबल टोली बोस्टन रेड सोक्सको पनि मालिक हुन्।

गत वर्ष, मात्र एफएसजीले लिभरपुलको लागि आएको ३ बिलियनको प्रस्ताव अस्वीकार गरेको थियो भने हाल क्लब बेच्न उनी इच्छुक रहेका छन्।

 

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ