लियोनेल मेस्सी बार्सिलोनामा १६ बर्षको क्यारियरमा पहिलो पटक बार्सिलोना छोड्दैछन्। च्याम्पियन्स लिगको लजास्पद हार पछि मेस्सीले क्लब छोड्ने निर्णय लिएका छन् र उनको नयाँ गन्तव्य प्रिमियर लिग हुने कुरा रहेको छ।
खबर अनुसार मेस्सी म्यानचेस्टर सिटीमा जान धेरै नजिक रहेका छन् र धेरैले प्रस्न गर्दै छन् कि ३३ बर्सका मेस्सीले आफ्नो जादू इंग्लिश फुटबलमा देखाउन सक्छन् भनेर।
मेस्सी विश्वको सर्वश्रेष्ठ खेलाडी मध्ये एक हुन् र प्रिमियर लिग जस्तो लिगमा उनलाई हेर्न धेरै फ्यानहरु उत्साहित छन् भने कोहि उनि माथि शंका गर्दै छन्। प्रिमियर लिगमा केहि बलियो क्लबहरु रहेका छन् जस्को सामना मेस्सीले पहिले पनि गरेका छन् उक्त खेलहरुमा मेस्सीले धेरै उत्कृष्ट प्रदर्शन गरेका छन्।
मेस्सीले अहिले सम्म प्रिमियर लिग क्लबहरु बिरुद्ध गरेको प्रदर्शन तलको भिडियोमा हेर्न सक्नु हुनेछ।
Messi is 𝙍𝙀𝘼𝘿𝙔 for the Premier League. 👑 🐐 pic.twitter.com/L0E8tERGme
— mx (new acc) (@MessiMX10i) August 26, 2020
मेस्सीले च्याम्पियन्स लिगको भेटमा आर्सनल बिरुद्ध ६ खेल खेलेका छन् जसमा उनले ९ गोल गरेका छन् ,चेल्सी बिरुद्ध १० खेलेका छन् र ३ गोल गरेका छन्, लिभरपूल बिरुद्ध ४ खेलमा २ गोल गरेका छन् भने सिटी बिरुद्ध ६ गोल म्यान्चेस्टर युनाइटेड बिरुद्ध ४ र स्पर्स बिरुद्ध २ गोल गर्न सफल भएका छन्
प्रिमियर लिग क्लबहरु बिरुद्ध मेस्सीको खेल राम्रो रहेको स्पष्ट छ र उनको आगमनले प्रिमियर लिग रोमाञ्चक हुने कुरा निश्चित छ जस्को मज फ्यानहरुले पाउने छ।