वोल्भ्सले पछिल्लो हप्ता आफ्नो ट्रान्सफर रेकर्ड तोडे जब उनीहरुले एफसी पोर्टोबाट फाबियो सिल्भालाई £३५ मिलियनमा साइन गरे सो कदमले उनलाई प्रिमियर लिग इतिहासमा सबैभन्दा महँगो युवा(१९ वा कम बर्सको) खेलाडीहरु मध्ये एक बनाएको छ।
प्रिमियर लिग इतिहासमा धेरै क्लबहरुले युवा खेलाडीमा ठुलो रकम खर्च गरेको छ। रुनी जस्तो खेलाडी यु-२० खेलाडी हुँदा म्यान्चेस्टर युनाइटेडले उनको लागि £२५ मिलियन खर्च गरेको थियो जुन त्यो समयमा एक युवा खेलाडीको लागि निकै धेरै रहेको थियो।
प्रिमियर लिग इतिहासमा सबैभन्दा महँगो युवा(१९ वा कम बर्सको) खेलाडीको शीर्षक म्यान्चेस्टर युनाइटेडका एन्थोनी मार्शलको नाममा रहेको छ उनको लागि युनाइटेडले £३६ मिलियन तिरेको थियो त्यो समय उनि १९ बर्सका थिए।
यी हुने प्रिमियर लिग इतिहासको शीर्ष १० सबैभन्दा महँगो युवा(१९ वा कम बर्सको) खेलाडीहरु :-
10. Diogo Dalot – £20m
9. Ryan Sessegnon – £25m
8. Moise Kean – £25m
7. Wayne Rooney – £25m
6. William Saliba – £27m
5. Gabriel Jesus – £27m
4. Anderson – £27.25m
3. Luke Shaw – £30m
2. Fabio Silva – £35m
1. Anthony Martial – £36m