प्रिमियर लिगमा हामेस रोद्रिगेसको पहिलो गोल- डि बक्स बाहिरबाट यस्तो शानदार स्ट्राइक

हामेस रोद्रिगेसले आफ्नो नयाँ क्लब एभर्टनको लागि पहिलो गोल गर्न सफल भएका छन्। शनिबार साँझ भएको खेलमा एभर्टनले वेस्ट ब्रोमलाई ५-२ले हराएको थियो। निकै रोमाञ्चक रहेको खेलमा एभर्टनले १० मिनेटमै गोल खाए पनि पछि ५-२को जित हात पार्न सफल भएको थियो।

सो खेलमा रियलका पुर्व स्टार हामेस रोद्रिगेसले आफ्नो पहिलो प्रिमियर लिग गोल पनि गर्न सफल भए र सो गोल निकै उत्कृष्ट रहेको थियो। खेल १-१को बराबरीमा हुँदा उनले डि बक्स बाहिरबाट निकै शानदार प्रहार गरे जुन गोल भएको थियो-सो खेलमा उनले एक अस्सित पनि गरेका छन्। ।

 

हामेस रोद्रिगेसले आफ्नो नयाँ क्लब एभर्टनको लागि पहिलो गोल गर्दा सामाजिक संजालमा उक्त गोलको धेरै चर्चा भएको छ। रियलमा खेल समय नपाएका हामेसले हाल सम्म आफ्नो नयाँ क्लबमा राम्रो खेल्दै छन् र उनको टोलिको सिजनमा दुई खेलबाट दुई जित रहेको छ र दुबै खेलमा उनले आफ्नो टिमलाई जित्न मद्दत गरेका छन्। उक्त खेलमा एभर्टनका डोमिनिक कलवर्ट-लेविनले ह्याट्रिक हानेका थिए।