प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेडलाई जरिवाना

म्यानचेस्टर युनाइटेडलाई लिभरपूल बिरुद्धको खेलमा खेलाडीहरूको रेफ्री प्रति नराम्रो व्यवहारको लागि £२०,००० जरिवाना लागेको छ।

लिभरपूल बिरुद्धको प्रिमियर लिग खेलको २६औं मिनेटमा युनाइटेडका खेलाडीहरूले रेफ्री क्रेग पावसनलाई घेरेर बहस गरेकोमा फुटबल संघले युनाइटेडलाई कारबाही गरेको हो।

पावसनले रोबर्ट फर्मिनोको गोललाई खारेज नगरेकोमा युनाइटेड खेलाडीहरु क्रोधित भएका थिए, उक्त गोललाई भीएआरले पछि खारेज गरेको थियो।

उक्त खेलमा म्यानचेस्टर युनाइटेड २-०ले हरेको थियो।