प्रिमियर लिगमा भिएआरको फेरी पनि विवादास्पद निर्णय

प्रिमियर लिगमा भिएआरको परिचय विवादास्पद रहेको थियो भने भिएआरको निर्णयहरू झन् विवादास्पद हुन पुगेको छ।

प्रत्येक हप्ता प्रिमियर लिगमा भिएआरको गलत निर्णयको आलोचना हुने गरेको छ भने भिएआरले खेलमा रेफ्रीको मद्दत गर्नु सट्टा झन् रेफ्रीलाई विवादमा लागेको छ। प्रिमियर लिगमा म्यानचेस्टर सिटी र साउथह्याम्पटन बिचको खेलमा भिएआरको फेरी पनि विवादास्पद निर्णयको कारण फेरी पनि आलोचना भएको छ।

३०औं मिनेटमा खेल १-१को बराबरीमा रहेको बेला साउथह्याम्पटनका गोलकिपर एलेक्स म्याकार्थीको मिस पास सिटीका फिल फोडेनले बल प्राप्त गरे र डि-बक्समा बल अगि बढाउने क्रममा गोलकिपरले उनी माथि ट्याकल गरे तर पनि फोडेन लडेनन् र खेल जारी तर त्यो स्पष्ट पेनाल्टी रहेको थियो।

त्यो घटनाको समीक्षा भिएआरले गर्‍यो र पेनाल्टी नदिने विवादास्पद निर्णय रह्यो। सो निर्णयको धेरै आलोचना भयो भने फोडेन नलडेको कारण भिएआरले पेनाल्टी नदिएको धेरै चर्चा भयो।

सो कुरा ’bout सामाजिक सञ्जालमा धेरै चर्चा भयो र प्रिमियर लिगमा भिएआरको उक्त विवादास्पद निर्णय पछि भिएआरको फेरी पनि आलोचना भएको छ। उक्त खेल भने सिटीले ५-२ले जितेको छ।