प्रिमियर लिगमा फेरी पनि भिएआरको विवादास्पद निर्णय

शनिबार प्रिमियर लिगमा साउथेम्प्टन र एस्टन भिल्ला बीचको खेलमा भिडियो असिस्ट रेफ्री(भिएआर)को विवादास्पद निर्णय भए पछि सो प्रणालीबारे विवाद भएको छ।

आफ्नै होममा भिल्लाबिरुद्ध १-०ले पछि परेको साउथेम्प्टनले अतिरिक्त समयमा खेल बराबरीमा लग्यो साउथेम्प्टनका ड्यानी इन्ग्सले गोल गर्दै खेल १-१मा लागे तर सो गोल भिएआरले रद्द गरे।

साउथेम्प्टनका अन्य खेलाडीको हात अफ साइड रहेको भन्दै साउथेम्प्टनको गोल खारेज भएको थियो र साउथेम्प्टन खेल १-०ले हर्न पुग्यो।

खेल पछि सो निर्णयको धेरै आलोचना हुदै गरेको छ भने फुटबल फ्यानहरु भिएआरको विवादास्पद निर्णयहरु खुसी छैनन् र भिएआरले फुटबललाई बिगारेको आरोप लगाए।