“प्रिमियर लिगमा कुनै ‘खराब वा औसत खेलाडीहरू’ छैनन्”

चेल्सीका नयाँ स्टार काई हाभेर्टज इंगलिस फुटबलबाट प्रभावित भएका देखिन्छ। £७२ मिलियनमा चेल्सी आएका स्टार चेल्सीको क्रिस्टल प्यालेस बिरुद्धको पछिलो जितबाट खुसी छन् भने उनले लिग कपमा बार्न्सले बिरुद्ध ह्याट्रिक पनि प्राप्त गरे।

उनि प्रिमियर लिगमा हाल खुसी रहेका छन्। उनले बुन्डेसलिगा र प्रिमियर लिग बीचको भिन्नता ’bout बोलेका छन् भने प्रिमियर लिग गार्हो रहेको पनि उनले बताए।

“प्रिमियर लिगको खेल गति र रनको तीव्रता धेरै बढी छ,” हाभेर्टजले भने। “यो एकदम भिन्न लिग हो र खेलहरू थकाइलाग्दो हुन्छन्।

“बुन्डेसलिगा नराम्रो लिग होइन तर मैले भिन्नताहरू देखे। मलाई लाग्छ कि यहाँ कुनै औसत वा खराब खेलाडीहरू छैनन् – सबैजना धेरै उच्च स्तरमा छन्।

प्रिमियर लिगमा आफु अनुकूल हुन लागेको समय ’bout पनि उनले बोले।

“सुरुवात थोरै गाह्रो थियो किनकि मैले टोलीसँग पाँच वा छ दिनको लागि मात्र प्रशिक्षण पाएको थिएँ, त्यसपछि पहिलो खेल तत्कालै खेलेँ,” उनले भने।

“मेरो परिवार र चिनजान भएको ठाउँ छोड्नु पनि मेरो लागि ठूलो कदम थियो। हो, यसलाई सहि बनाउन समय लाग्छ।”