यस गर्मिको ट्रान्सफर विन्डोमा प्रिमियर लिग क्लब टोटेनह्यामका स्टार ह्यारी केन साइन गर्ने रियल म्याड्रिडको ‘नयाँ प्राथमिकता’ रहेको रिपोर्ट छ।
केनको सम्झौता २०२४ को गर्मीमा अन्त्य हुने भएको कारण उनी माथि धेरै क्लबहरूको नजर रहेको छ भने केन यही वर्ष क्लब छोड्न इच्छुक रहेका छन्।
🚨💣 Real Madrid’s new priority target this summer: HARRY KANE. @marca #rmalive pic.twitter.com/gMO6dcm4PL
— Madrid Zone (@theMadridZone) June 2, 2023
म्यानचेस्टर युनाइटेड र बायर्न म्युनिख जस्ता अन्य क्लबहरू केनलाई साइन गर्न इच्छुक रहेको बेला रियल म्याड्रिडले उनलाई आफ्नो प्राथमिकता बनाएको चर्चा भए पछि उनलाई साइन गर्न झन् धेरै प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।
प्रिमियर लिग क्लब टोटेनह्याममा स्टार स्ट्राइकर ह्यारी केनको प्रदर्शन निकै उत्कृष्ट हुँदै आएको छ भने उनी टोटेनह्यामको सबैभन्दा महत्त्वपूर्ण खेलाडीको रूपमा स्थापित भएका छन् तर टोटेनह्याम उपाधिहरू जित्न असफल रहे पछि ह्यारी केन खुसी छैनन् र उनी क्लब छोड्न तयार हुने रिपोर्ट रहेको छ।
🗣️ @AranchaMOBILE: “Harry Kane is very highly rated by everyone at Real Madrid.” pic.twitter.com/NKE7qGQ7zD
— Madrid Xtra (@MadridXtra) May 29, 2023
बेन्जेमा सँगको सम्झौता अन्त्य हुने नजिक रहे पछि धेरै समय देखि रियल म्याड्रिडको योजना फ्रेन्च स्टार स्ट्राइकर किलियन एम्बाप्पेलाई साइन गर्ने रहेको थियो तर अर्को सिजन पनि एम्बाप्पेले पिएसजीबाट खेल्ने स्पष्ट गरे पछि रियल म्याड्रिड नया स्ट्राइकरको खोजीमा रहेको बेला केन राम्रो विकल्प हुन सक्ने छन्।
२९ वर्षीय ह्यारी केनले हाल सम्म प्रिमियर लिग क्लब टोटेनह्यामका ४३५ खेल खेल्दै २८० गोल र ६४ असिस्ट गरेका छन्। केनको उत्कृष्ट गोल रेकर्ड रहे पनि उनी उपाधि जित्न असफल रहेका छन् जसको कारण क्लब छोड्ने प्रयासमा केन हुने रिपोर्ट छ।