प्रिमियर लिगका ६ खेलाडी र अफिसियलहरुमा पनि देखियो कोरोना

MANCHESTER, ENGLAND - MAY 06: The Premier League Trophy on display prior to the Premier League match between Manchester City and Huddersfield Town at Etihad Stadium on May 6, 2018 in Manchester, England. (Photo by Michael Regan/Getty Images)

इंग्ल्याण्डको प्रिमियर लिग सुरु गर्ने बहस तीब्र भइरहेको बेलामा लिगका ६ खेलाडी तथा क्लबका अफिसियलमा कोरोना भाइरस पोजिटिभ पाइएको छ ।

क्लबहरुले आन्तरिक अभ्यास आरम्भ गरिरहेको बखत प्रिमियर लिग खेल्ने जम्मा २० टिमका ७ सय ८४ खेलाडी र अफिसियलको कोरोना परीक्षण गर्दा खेलाडी र अफिसियल गरी ६ जनामा कोरोना भाइरस पोजिटिभ पाइएको छ ।

यो घटनासंगै आगामी जुन महिनामा सुरु गर्ने भनिएको प्रिमियर लिगमा फेरि शंकाको बादल मडारिएको छ ।

परीक्षणमा पोजिटिभ पाइएका खेलाडी तथा अफिसियलको नाम गोप्य राखिएको छ भने उनीलाई सात दिन सेल्फ आइसोलेसनमा बस्न निर्देशन दिइएको छ ।

लिभरपुल उपाधि नजिक पुगिसकेको यसपटकको प्रिमियर लिग कोरोना भाइरसको कारण गत मार्च १३ देखि स्थगित भएको छ । लिगका अझै ९२ म्याच खेलिन बाँकी नै छ ।