क्रिस्टियानो रोनाल्डोले स्टार स्ट्राइकरलाई हालको ट्रान्सफर विन्डोमा म्यानचेस्टर युनाइटेड भन्दा युभन्टस छनौट गर्न आग्रह गरेका छन्। वोल्भ्सका राउल जिमेनेज गत बर्षदेखि दुबै क्लबसँग जोडिएका छन्।
Cristiano Ronaldo wants Man Utd transfer target Raul Jimenez to snub Old Trafford move and join him at Juventus https://t.co/7CWhVKXZLA
— Sun Sport (@SunSport) August 16, 2020
म्यान्चेस्टर युनाइटेड र युभेन्टस दुबै मेक्सिकन स्ट्राइकर साइन गर्न चाहन्छन् र क्रिस्टियानो रोनाल्डोले उनलाई युभेन्टस आउन आग्रह गरेको खबर छ।
डेल्लो स्पोर्टका अनुसार पूर्व म्यान युनाइटेड स्टारले वोल्भ्सका राउल जिमेनेजलाई युभेन्टस आउन आग्रह गरेको हो र रोनाल्डो जिमेनेजको खेलबाट प्रभावित भएको र उनि संग खेल्न रोनाल्डो इच्छुक रहेको कुरा छ ।
Ronaldo ‘urges Juventus to sign Raul Jimenez this summer before Man Utd do’#Juventus #Ronaldo pic.twitter.com/sgTa78Ea7P
— Football Fanatics (@FtbFanatics) August 16, 2020
पोर्तुगलका रिपोर्टहरूका अनुसार वोल्भ्सका मेक्सिकन स्ट्राइकर राउल जिमेनेज म्यानचेस्टर युनाइटेडमा जान नजिक छन्। एससी ब्रागाका पालिन्होलाई भने वोल्भ्सले ट्रान्सफर विन्डोमा राउल जिमेनेजको प्रतिस्थापनको रुपमा साइन गर्ने खबर छ ।
मेक्सिकन स्ट्राइकरले आफ्नो दोस्रो सिजनमा उत्कृष्ट फार्म जारी राखेका छन्, उनलाई वोल्भ्सले बेनिफिकाबाट £३२ मिलियनमा साइन गरेको थियो। २९ बर्सका खेलाडीले ५३ खेलमा २६ गोल गरेका छन् ।
Portugal star Cristiano Ronaldo wants Juventus to sign Mexico international Raul Jimenez from Wolves to be his new strike partner next season.#Offside pic.twitter.com/58s5OmolVu
— Ghetto Radio (@GhettoRadio895) August 15, 2020
उनलाई धेरै क्लबले साइन गर्न चासो देखाएको छ भने युनाइटेड सो दौडमा अगाडी रहेको कुरा छ र रोनाल्डोले उनलाई युभेमा आउन आग्रह गरेका छन्।