प्रिमियर लिगका स्टार मिडफिल्डर साइन गर्ने दौडमा लिभरपुल

लिभरपुल ब्राइटनका स्टार मिडफिल्डर इभ बिसोमा साइन गर्ने दौडमा रहेको खबर छ। मालीका २४ वर्षका स्टार मिडफिल्डरको यो सिजन ब्राइटनमा निकै राम्रो प्रदर्शन रहेको थियो भने उनको उत्कृष्ट फमको कारण अन्य ठुलो क्लबहरूको नजर उनी माथि पर्न पुगेको छ।

उनलाई साइन गर्न अर्सेनल पनि इच्छुक रहेको धेरै समय देखि चर्चामा थियो भने हाल खबर अनुसार उनलाई साइन गर्न लिभरपुल पनि इच्छुक रहेको छ। उनको लागि ब्राइटनले £३० मिलियनको माग गर्ने जानकारी छ भने लिभरपुल उनलाई साइन गर्न इच्छुक रहेको र आउँदो ट्रान्सफर विन्डोमा लिभरपुलले उनको प्रस्ताव गर्ने खबर छ।

अर्सेनल उनलाई साइन गर्न इच्छुक रहे पनि अर्सेनलले आफ्नो ध्यान अन्य विकल्प तिर लागेको पनि चर्चा छ। लिभरपुल मालीको स्टार साइन गर्ने दौडमा अगाडी रहेको इटालियन फुटबल रिपोर्टर फाब्रिजियो रोमानोले सङ्केत गरे ।

ब्राइटनमा उनको निकै राम्रो खेल रहेको छ भने हाल अन्य प्रिमियर लिगहरू उनलाई साइन गर्न इच्छुक रहेको जानकारी छ। उनलाई साइन गर्न सक्ने क्लबहरू लिभरपुल र अर्सेनल रहेको चर्चा छ।