प्रिमियर लिगका दुई स्टार खेलाडी साइन गर्न बार्सिलोना इच्छुक

बार्सिलोना प्रिमियर लिग क्लब आर्सनलका स्टार पिएरे–एमरिक अउबमेयाङलाई साइन गर्न इच्छुक रहेको जानकारी छ।

आर्सनलले आफ्नो स्टार खेलाडी पिएरे–एमरिक अउबमेयाङलाई बेच्न सक्ने चर्चा हुँदै गर्दा बार्सिलोनाले उनलाई साइन गर्न छलफल गर्दै गरेको खबर छ । ३२ वर्षका स्टारले गत सिजन मात्र क्लब सँग नयाँ सम्झौता गरेका थिए भने हाल खबर अनुसार आर्सनलले उनलाई बेच्न सक्ने छ।

खबर अनुसार बार्साको नजर आर्सनलका अउबमेयाङ र लाकाजेट दुवैमा रहेको छ र बार्साले उक्त खेलाडीहरू साइन गर्ने आफ्नो खेलाडी आर्सनललाई दिने प्रस्ताव गर्न सक्ने छ। गत सिजन देखि बार्साको नजर आर्सनलका कप्तानमा रहेको थियो भने हाल उनलाई साइन गर्न यो विन्डोमा बार्साले प्रयास गर्न सक्ने जानकारी छ।

अउबमेयाङ र लाकाजेट दुवैमा बार्साको चासो रहे पनि मार्टिन ब्रेथवेटले क्लब छोडे मात्र बार्साले दुवैलाई साइन गर्ने जानकारी छ र ब्रेथवेट क्लबमा रहे अउबमेयाङ बार्साको मुख्य प्राथमिकता हुने छ।

अउबमेयाङको लागि बार्साले रकम भने तिर्न नसक्ने खबर छ र फिलिप काउटिन्हो दिएर उक्त खेलाडी भित्राउने बार्साको योजना हुन सक्ने चर्चा छ।