प्रिमियर लिगका थप एक खेलाडीमा कोरोना संक्रमण पुष्टि

MANCHESTER, ENGLAND - MAY 06: The Premier League Trophy on display prior to the Premier League match between Manchester City and Huddersfield Town at Etihad Stadium on May 6, 2018 in Manchester, England. (Photo by Michael Regan/Getty Images)

इंग्लिस प्रिमियर लिग फुटबल क्लब टोटनह्यामका एक खेलाडीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमितको नाम नखुलाउने बताउदै टोटनह्यामले क्लवको एक खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । ती संक्रमित खेलाडीलाई हाल आइसोलेशनमा राखिएको क्लबले जनाएको छ ।

हालसम्म प्रिमियर लिग क्लबमा ५ चरण गरेर ५ हजार ७९ जनाको कोरोना परीक्षण गरिएको छ । जसमा १३ जनाको कोरोना पोजेटिभ रिपोर्ट आएको छ ।

पछिल्लो ११ सयको गरिको परिक्षणमा टोटनह्यामका १ खेलाडीको मात्रै कोरोना पोजिटिभ रिपोर्ट आएको हो । प्रिमियर लिगका खेलहरु जुन १७ देखि पुन: संचालन हुँदैछन् ।

यसैको तयारी स्वरुप अहिले प्रिमियर लिगका सबै पदाधिकारीहरुको हप्तामा २ पटक कोरोना परिक्षण हुँदै आएको छ ।