प्रिमियर लिगका खेलाडीको ३० प्रतिशत तलब कट्टा गरिने

इंग्लिस प्रिमियर लिगले खेलाडीलाई आफ्‍नो वार्षिक तलबबाट ३० प्रतिशत कट्टा गरेर लिन भनेको छ । कोरोनो भाइरस संक्रमणको महामारीले आर्थिक अवस्थामा ठूलो धक्का परेपछि आयोजकले खेलाडीसँग यस्तो अनुरोध गरेको हो ।

इंग्ल्यान्डको माथिल्लो डिभिजनमा खेल्ने खेलाडीको पारिश्रमिक अत्याधिक हुने गर्छ र पछिल्लो समय उनीहरूमाथि आफ्नो पारिश्रमिक कट्टा गरेर लिन ठूलो नैतिक दबाब बढेको थियो।

प्रिमियर लिगमा खेल्ने खेलाडीको औसत पारिश्रमिक वर्षको ३० लाख पाउन्ड रहेको छ। लिग आयोजकका अनुसार शुक्रबार बसेको सबै २० क्लबको बैठकमा उनीहरू आफ्ना खेलाडीबाट तलब कट्टा गर्न सहमत पनि भएका छन्।