प्रिमियर क्लबका थप २ खेलाडीमा कोरोना भाइरस संक्रमण पुष्टि

MANCHESTER, ENGLAND - MAY 06: The Premier League Trophy on display prior to the Premier League match between Manchester City and Huddersfield Town at Etihad Stadium on May 6, 2018 in Manchester, England. (Photo by Michael Regan/Getty Images)

इंग्लिस प्रिमियर लिगका खेलाडी तथा कर्मचारीहरुमा पछिल्लो पटक गरिएको स्वास्थ्य परीक्षणमा २ जनामा कोरोना भाइरस पोजिटिभ देखिएको छ ।

मंगलबार, बिहीबार र शुक्रबार गरी लगातार ३ दिन गरिएको परिक्षणमा २ खेलाडीमा कोरोना भाइरस पुष्टि भएको हो । यसअघि पनि पटक-पटक गर्दै सबै क्लबका खेलाडीहरुको कोरोना परिक्षण गरिदै आएको छ । सो क्रममा ६ जनामा यसअघि नै कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । हाल उनीहरु सेल्फ आइसोलेशनमा बसेको बताइएको छ ।

हालसम्म इंग्लिस प्रिमियर लिगका ७४८ जनाभन्दा बढी खेलाडी तथा पदाधिकारीको परीक्षण गरिएको बताइएकाे छ । संचालन भइरहेको इग्लिस प्रिमियर लिग कोरोना भाइरसका कारण स्थगित भएको छ ।

बाँकी खेल पूरा गर्न तयारीका लागि अहिले सबै खेलाडी तथा क्लबका पदाधिकारीहरुको स्वास्थ्य परिक्षण भाइररहेको छ ।