प्रिमिएर लिग रेफ्रिलाई ज्यान मार्ने धम्की

एजेन्सी, प्रिमियर लिगका रेफ्रि माइक डियन र उनको परिवारलाई ज्यान मार्ने धम्की आएको छ ।

एफ ए कप अन्तर्गत ब्राइटोन र लेस्टर सिटीविचको खेलमा विवादास्पद निर्णय गरेको भन्दै माइक र उनको परिवारलाई ज्यान मार्ने धम्की आएको भन्दै उनले पुलिसमा रिपोर्ट गरेका
छन ।

मर्सेसाइड पुलिसमा माइकले आफ्नो परिवार असुरक्षित भएको भन्दै रिपोर्ट गरेका छन । ५२ बर्षे माइकलाई प्रिमियर लिगका खेल नखेलाउन भन्दै चेतावनीपनि दिएको बताएका छन ।

माइकलाई सोसियल मिडियामा धम्कीपुर्ण म्यासेज गरेको बताएका छन । माइककोस परिवारमा श्रीमती र दुई छोरी रहेका छन । उनीहरु विरलमा बस्दै आएका छन ।

उनको यो साता प्रिमियर लिगमा फोर्थ अफिसियलको जिम्मेवारी गर्नुपर्ने थियो । तर उनले यो धम्की आएपछि आफुलाई त्यो भुमीकामा नराख्न भनेका छन ।