प्रशिक्षणमा चिर प्रतिद्वन्द्वी टिमको जर्सी लगाएर आउने खेलाडीलाई भित्र छिर्न नदिए पछि

Royal-Antwerp-Didier-Lamkel-Ze-nepmag.net_

बेल्जियमका क्लब रोयल एन्ट्वर्पको प्रशिक्षण कम्प्लेक्समा भएको निकै अनौंठो घटनाको हाल धेरै चर्चा हुदै गरेको छ। रोयल एन्ट्वर्पका फोवार्ड डिडिएर लेम्केल जेले प्रशिक्षणमा क्लबको चिर प्रतिद्वन्द्वी आरएससी एन्डरलेच्टको जर्सी लगाएर गए पछि उनलाई कम्प्लेक्समा छिर्न नदिएको खबर छ।

खबर अनुसार उनि उनि क्लब छोड्न चाहन्छन् र धेरै खेलाडीहरु क्लब छोड्ने मानसिकता हुँदा प्रशिक्षणमा नआउने गर्छन तर उनले आफ्नो क्लबलाई आक्रोशित गर्न निकै अनौंठो तरिका प्रयोग गरे।

क्यामरूनका फ़ोवेर्द हाल पानाथीनाकोसमा सार्न चाहन्छन् र खबर अनुसार उनको आफ्नो क्लब संग वार्ता सफल भएको छैन र बुधवार उनि आफ्नो क्लबलाई आक्रोशित गर्न चिर प्रतिद्वन्द्वी टिमको जर्सीको प्रशिक्षणमा आए र खबर अनुसार उनलाई कम्प्लेक्सका सुरक्षा गार्डहरु भित्र छिर्न दिएका थिएनन्।