प्रशिक्षणमा इडन हजार्ड चोट ग्रस्त पहिलो खेल गुमाउने निश्चित

इडन हजार्डले चोटको कारण ला लिगाको पहिलो खेल गुमाउने भएका छन्। उनले रियल म्याड्रिडको पहिलो खेल जुन सेल्ता भिगो संग रहेको छ गुमाउने भएको छ।

खबर अनुसार उनको बायाँ थाईको मांसपेशीमा चोट परेको छ र उनि केहि समय सम्म मैदान बाहिर हुने छन्। चोटको कारण उनले ला लिगाको पहिलो खेल गुमाउने भनेर रियल म्याड्रिड आफ्नो वेबसाइटमा पुस्टि गरेका छन्।

“आज प्रशिक्षण पछि गरिएको जाँचहरू पछि, हाम्रो प्लेयर ईडेन हजार्डको बायाँ थाईको मांसपेशीमा चोट परेको खुलेको छ र रियल मैड्रिड मेडिकल टीम उक्त चोटको उपचारमा लागि परेका छन्, केहि मूल्यांकन गर्न बाकी रहेको छ”- रियल म्याड्रिड