प्रशिक्षणको क्रममा लियोनल मेस्सी घाइते

बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सीले खुट्टाको चोट बोकेका छन् ।

छुट्टि सकेर शनिबारबाट प्रशिक्षणमा फर्किएका मेस्सीले सोमबार दाहिने खुट्टाको पिडुलाको चोट बोकेका हुन् । अभ्यासको क्रममा मेस्सीको खुट्टामा चोट लागेको थियो ।

पिडुलाको चोट बोकेसँगै मेस्सीले प्रि-सिजन अन्तर्गत अमेरिका भ्रमण गुमाउने भएका छन् । बार्सिलोनाले अमेरिकामा इटालियन क्लब नापोलीसँग २ खेल खेल्नेछ ।

मेस्सी कति समय मैदान बाहिर रहन्छ भन्नेबारे बार्सिलोनाले केहि खुलाएको छैन ।

मेस्सीले आइतबार राति भएको आर्सनलविरुद्धको मैत्रीपूर्ण खेल बेञ्चमा बसेर हेरेका थिए ।