प्रशिक्षणको क्रममा मेस्सी र ग्रिजम्यान बीच झगडा भएको खुलासा

बार्सिलोनाका स्टार जोडी मेस्सी र ग्रिजम्यान बीच प्रशिक्षणको क्रममा केहि विवाद र झगडा भएको खुलेको छ खबर अनुसार झगडा रोक्न बार्साका प्रबन्धक क्वेक सेटिन र अन्य खिलाडीहरू अघि आउन परेको खबर छ।

ग्रिजम्यानले क्लबमा आफ्नो पहिलो सिजनमा केहि संघर्ष गर्नु परेको छ, म्यान्चेस्टर युनाइटेड जानु नजिक रहेका समयमा बार्साले उनलाई £१०८ मिलियनमा साइन गरेको थियो भने उनको खेल हाल आशा गरेको जस्तो हुन सकेको छैन ।

ग्रिजम्यानले बार्साको लागि ४० खेलमा मात्र १४ गोल गरेका छन् र हाल आएको खबरले पक्कै पनि ग्रिजम्यानको लागि राम्रो गर्ने छैन

स्पेनी वेबसाईट डेरियो गोलका अनुसार मेस्सी र ग्रिजम्यान बीचको झगडालाई बेवास्ता गर्न सकिदैन” । प्रबन्धक सेटीन “र केहि खेलाडीहरुले झगडामा हस्तक्षेप गर्नुपर्‍यो”। लेगनेस बिरूद्धको खेलमा, मेस्सीले एक पटक पनि ग्रिजम्यानलाई गरेनन।

बार्सिलोनाले इन्टर मिलानका स्टार मार्टिनेज र पेरिस सेन्ट-जर्मेनका नेमार ल्याउन सक्दो प्रयास गरिसकेका बेला ग्रिजम्यानको बार्सा क्यारियर एक सिजनमै सिमित हुने देखा परेको छ।