प्रशिक्षक स्टिभिन जेरार्ड टोटन्ह्यमको नजरमा

एजेन्सी, प्रशिक्षकको खोजीमा रहेको इङलिस क्लब टोटन्ह्यम हट्स्परको नजर पुर्व लिभरपुलका खेलाडी तथा हाल स्कटिस क्लब रेन्जर्सका प्रशिक्षक स्टिभिन जेरार्ड माथी परेको छ। गत सिजनको मध्यमा नै टोटन्ह्यमले आफ्नो तात्कालिन प्रशिक्षक जोसे मोउरिनियोलाई निष्कासन गरे पछी क्लब नयाँ प्रशिक्षकको खोजी लागेको हो।

रिपोर्टका अनुसार विगत केही दिन देखि वुल्भ्सका पुर्व प्रशिक्षक नुनो एस्पिरिटो सान्टो नै टोटन्ह्यमको आगामी प्रशिक्षक हुने सम्भावना प्रबल देखिएता पनि टोटन्ह्यमका फ्यानहरु द्वारा नकारात्मक प्रतिक्रिया आएपछि क्लब उनलाई भित्र्याउनबाट पछि हटेको देखिन्छ। गत सिजनको मध्यमा नै टोटन्ह्यमको तात्कालिन प्रशिक्षक जोसे मोउरिनियोको निष्कासन पछि कार्यवाहक प्रशिक्षकको जिम्मा क्लबकै पुर्व खेलाडी रायन मेसनले पाएका थिए।
४१ वर्षका इङलिस प्रशिक्षक जेरार्ड १९९८ देखि २०१५ सम्म लिभरपुलका खेलाडी थिए। उनको प्रशिक्षणमा रेन्जर्सले गत सिजन एक खेल पनि नहारी स्कटिस प्रेमियरसिपको उपाधी जित्न सफल भएका थिए।