प्रशिक्षक दाई खेलाडी भाई (भिडियो सहित)

फुटबलका साहुखल दाजुभाई । अर्थात् बालगोपाल र उनका भाइ सन्तोष साहुखल। १६ वर्ष अघि यी दुईलाई मध्यपुर थिमी क्लबको मेरुदण्ड नै मानिन्थे । अहिले पनि यी च्यासल युथ क्लबमा छन् । फरक यत्ति हो, बालगोपाल प्रशिक्षक हुन् भने सन्तोष अग्रपक्तिका खेलाडी।

भर्खर फुटबलमा उदाउँदै गरेको मध्यपुर थिमी क्लबले १६ वर्षअघि विराटनगरमा भएको क्षेत्रीय प्रतियोगितामा ए डिभिजन क्लब जावलाखेल तीन दुइ गोलले हराउँदा दाजु बाल गोपालको पासमा भाई सन्तोषले गोल्डेन गोल गरेका थिए ।

त्यहीबाट साहुखल दाजुभाईले फुटबलमा आफ्नो दमदार उपस्थिति देखाउँन थाले र एकाएक सर्वाधिक फ्यान भएको क्लब थ्री स्टारको नजरमा परे ।

दुइभाइ मध्येपनि सन्तोष पहिलो रोजाईमा पर्थे भने बालगोपाल पनि त्यसैका लागि संघर्ष गर्थे। अहिले फेरि यिनै साहुखल दाजुभाई च्यासल युथ क्लवमा पुगेका छन्, तर भुमिकामा ।

एफसी को वि लाइसेन्स तथा एफ ए लेवल टु को वैदेशिक कोर्ष गरेका ३६ वर्षे बालगोपाल प्रशिक्षक हुन भने क्लवको अग्रपक्ति सम्हालिरहेका सन्तोष ए डिभिजन लिगमा ९९ सय गोल गरिसकेका छन् । अब उनको पहिलो लक्ष्य गोल संख्या १०० पुर्याउनु हो ।

भाइ भएपनि सन्तोष, बालगोपालका साथी जस्तै छन् । हाल जापानमा बस्ने सन्तोष त्यही फुटबल खेल्छन् र अरुलाई खेलाउँछन् पनि। यसपाली पुरै अवधि लिग खेलेर मात्रै फर्कने उनको योजना छ ।

दुईभाई सम्मिलित च्यासल युथ क्लबले जारी लिगमा दुइ खेल खेल्दा पहिलोमा संकटालाई दुइ सुन्य गोलले हरायो भने दोस्रोमा स्टारडम क्लब मछिन्द्रलाई एक–एक गोलको बराबरीमा रोक्न सफल भयो । च्यासलका लागि तीनवटै गोल सन्तोषले गरे । अब च्यासललाई अब्बल स्थानमा राख्दै लिगको अन्त्य गर्ने साहुखल दाजुभाईको लक्ष्य छ ।

– कान्तिपुर