प्रशिक्षक डिएगो सिमोनले गरे फेलिक्सको प्रशंसा

एट्लेटिको मड्रिडका प्रशिक्षक डिएगो सिमोनले जोओ फेलिक्सको प्रशंसा गरेका छन्।

यसै सिजन उनी एट्लेटिकोमा आबद्ध भएका थिए। १९ वर्षीय पोर्चुुगेली स्टार फेलिक्स बेन्फिका क्लबबाट गएको जुनमा ट्रान्सफर रेकर्ड बनाउँदै एट्लेटिको मड्रिडमा आएका हुन्।

उनी १२६ मिलियन युुरोमा आएर विश्वकै सबैभन्दा महँगो ट्रान्सफरको तेस्रो स्थानमा आफूलाई राखेका छन् । उनले प्रि–सिजनको ५ खेलमा ३ गोल र ४ एसिस्ट गोल गरेका छन् ।

गत सिजनमा फेलिक्सले बेन्फिकाको लागि ४२ खेलमा २० गोल गरेका थिए।

प्रशिक्षक डिएगो सिमोनले फेलिक्सको प्रदर्शनबाट एकदमै प्रभावित भएको बताए। उनले भने फेलिक्समा अनेक क्षमता छ र विभिन्न पोजिसनबाट खेल्न सक्छ। उनी भविष्यमा महान् खेलाडिलाई टक्कर दिने खुबी छ।