प्रशिक्षक कालिनको विश्वकप छनौट ड्र बारे येस्तो भनाइ

फिफा विश्वकप २०२२ को एसियाली छनौटतर्फ समूह बी मा परेको नेपालका मुख्य प्रशिक्षक योहान कालिनले त्यसबारे आफ्नो प्रतिक्रिया दिएका छन् ।

मलेसियामा बुधबार निकालिएको दोस्रो राउण्डको ड्र तर्फ नेपाल पूर्व एसियन च्याम्पियन अष्ट्रेलिया, जोर्डन, कुवेत र चाइनिज ताइपेइसँगै समुह बी मा परेको छ । तुलनात्मक रुपमा नेपाललाई कठिन समूह परेको धेरेको बुझाई छ ।

उता प्रशिक्षक कालिन भने विश्वकप ड्र मा नेपाललाई कठिन प्रतिद्वन्द्वी पर्नेमा उनी सकरात्मक थिए । उनी भन्छन्, प्रतियोगितामा यो ड्र हुनु नै थियो । हामीले कुवेत र ताइपेइसँग खेलिसकेका छौं । त्यो हाम्रो लागि राम्रो र नराम्रो दुवै हुन सक्छ । हामी उनीहरुलाइृ आश्चयमा पार्न सक्षम छैनौं तर हामीलाई थाहा छ, हामीले उनीहरुबाट के आशा गर्न सक्छौं ।

अष्ट्रेलिया पक्कै पनि राम्रो टोली हो । अब हामीलाई विश्वकप छनौटमा कुन टोलीसँग भिड्दैछौं भन्ने थाहा भयो । हामी सकेसम्म त्यहि अनुसार आफ्नो तर्फबाट सक्दो तयारी गर्नेछौं । यो निकै रोमाञ्चक चुनौति हुनेछ ।”

नेपालले विश्वकप छनौटका लागि यसअघि नै एन्फा कम्प्लेक्समा तयारी शुरु गरिसकेको छ । एन्फाले विश्वकप छनौटलाई ध्यानमा राखेर नेपाली टोलीका लागि आगामी कार्यक्रम र योजनाहरु छिटै सार्वजनिक गर्ने अुनमान गरिएको छ ।