प्रशिक्षक अल्मुताइरीले लम्ब्याए सम्झौता

एजेन्सी, नेपाली राष्ट्रिय फुटबल टोलिका प्रशिक्षक अब्दुल्लाहा अल्मुताइरीले एन्फासँग आफ्नो सम्झौता तीन वर्षका लागि लम्ब्याएका छन्। आफ्नो सामाजिक सन्जाल मार्फत उनले सम्झौता लम्ब्याएको जनाएका छन्।

उनले छिटै अर्को दुई वर्षको उद्देश्य र योजना प्रकाशन गर्ने पनि भनेका छन्। नेपाली राष्ट्रिय फुटबल टोलि हालै साफ च्याम्पियनसिपको फाइनलीस्ट भइ माल्दिब्सबाट फर्केका थिए।