क्रिकेटका लेजेन्ड सचिन तेन्दुलकरले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गरेका छन् ।
नेपाल भ्रमणमा आएका क्रिकेटर तेन्दुलकरले स्वास्थ्यमा समस्या हुँदाहुँदै पनि आफूलाई भेटका लागि समय दिएको भन्दै प्रधानमन्त्री ओलीप्रति कृतज्ञता प्रकट गरेका छन् ।
“स्वास्थ्य समस्याका बाबजुद पनि भेटको लागि समय दिनुभएकोमा धन्यवाद, म कामना गर्छु प्रधानमन्त्री श्री ओली जी छिट्टै निको हुनुहोस्”, सचिनले सामाजिक सञ्जाल ट्विटरमा भनेका छन् ।
Thank you for meeting me despite health issues @PM_Nepal Shri Oli ji, I wish you a speedy recovery.
I feel touched by the love and warmth received in Nepal.
Like the beautiful lamp you gifted – may there be brightness, happiness & prosperity all over the world.@unicef_nepal https://t.co/NVQ5mVgnFl— Sachin Tendulkar (@sachin_rt) November 17, 2019
उनले आज प्रधानमन्त्री ओलीलाई बालुवाटारमा भेटेका थिए । भेटमा प्रधानमन्त्री ओलीले सचिनलाई दियो बल्दै गरेको देवीको मुर्ति उपहार दिएका थिए ।
“म कामना गर्छु, तपाईँले उपहार दिनुभएको सुन्दर बत्तिले विश्वमा उज्यालो, खुशी र सम्मृद्धि छरोस्” सचिनले भनेका छन्। उनले नेपालमा आफूले पाएको न्यानो माया र स्वागतले खुशी भएको समेत उल्लेख गरेका छन् । युनिसेफको सद्भावना दूत रहेका सचिन बाल अधिकार सम्बन्धी एक कार्यक्रममा सहभागी हुन नेपाल आएका हुन् ।
सचिनको टोलीले ३० कात्तिकमा टीयू क्रिकेट मैदानमा नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान विनोद दासको टोलीसँग मैत्रीपूर्ण खेल खेलेको थियो ।