प्रति हप्ता £१ मिलियन तलब पाउने पहिलो खेलाडी हलान्डलाई बनाउने योजना

MOENCHENGLADBACH, GERMANY - MARCH 07: (BILD ZEITUNG OUT) Erling Haaland of Borussia Dortmund looks on during the Bundesliga match between Borussia Moenchengladbach and Borussia Dortmund at Borussia-Park on March 7, 2020 in Moenchengladbach, Germany. (Photo by Alex Gottschalk/DeFodi Images via Getty Images)

हाल हलान्ड फुटबलको सुपरस्टार बन्न सफल भएका छन् र उनको नयाँ क्लबको बारे धेरै चर्चा हुने गरेको छ। रियल, बार्सा, चेल्सी र म्यान सिटी जस्तो क्लब उनको नाम सँग जोडिने गरेको छ भने उनको लागि क्लबहरूले धेरै खर्च गर्नु पर्ने खबर छ।

डर्टमन्डले उनको मूल्य €१८० मिलियन राखेको छ भने प्रति हप्ता £१ मिलियन तलब पाउने पहिलो खेलाडी हलान्डलाई बनाउने उनको एजेन्ट मिनो राइओलाको योजना रहेको खबर छ।

हलान्डले हाल डर्टमन्डमा ५२ खेलमा अविश्वसनीय ४९ गोल गरेका छन् र ट्रान्सफर मार्केटमा उनको ठुलो माग हुने स्पष्ट छ।

उनको धेरै माग रहेको बेला उनको एजेन्ट उनलाई फुटबलको सबैभन्दा ठुलो स्टार बनाउन चाहन्छन्। खबर अनुसार उनलाई मेस्सी र नेमार भन्दा धेरै कमाउने खेलाडी बनाउने मिनो राइओलाको इच्छा रहेको छ।

ती हप्ता £१ मिलियन तलब पाउने पहिलो खेलाडी हलान्डलाई बनाउने एजेन्टको योजना रहेको जानकारी छ। मेस्सीको हाल प्रति हप्ताको तलब £५००,००० रहेको छ।