प्रतिबन्ध भोगेका वार्नर र स्मीथ क्रिकेटमा फर्किए

बल टेम्परिंगमा दोषी ठहर भई एक वर्षे प्रतिबन्ध भोगेका अस्ट्रेलियाका तत्कालिन कप्तान स्टेभेन स्मीथ र उपकप्तान डेविड वार्नर क्रिकेटमा फर्किएका छन् । उनीहरु अस्ट्रेलियाको घरेलु क्रिकेट लिगबाट फेरि क्रिकेट पीचमा फर्केको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यसै वर्षको शुरुमा दक्षिण अफ्रिका भ्रमणका क्रममा ओपनर ब्याट्स क्यामरुन बेनक्राफ्टलाई बेल टेम्परिंग गर्न लगाएका यी सिरियर खेलाडीलाई अस्ट्रेलिया क्रिकेट बोर्डले एक वर्षको प्रतिबन्ध लगाएको थियो भने क्राफ्टलाई ९ महिनाको प्रतिबन्ध लगाएको थियो ।

सो घटनापछि यी दुई खेलाडी क्रिकेट मैदानमा देखिएका थिएनन् । उनीहरु दुबै जना न्यू साउथ वेल्स क्रिकेट लिगबाट फेरि क्रिकेटमा फर्केको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

जारी प्रतियोगितामा आफ्नो टिमका लागि वार्नरले विस्फोटक ब्याटिंग गरे । उनले १५२ बलमा १५५ रन बनाएका थिए । उनको यस प्रदर्शनका कारण उनको टिमले सो खेल पनि जितेको थियो । यस्तै स्मीथले पनि आफ्नो टिमका लागि ८५ रनको योगदान दिएका थिए । उनको टिमले पनि जित हात पारेको थियो ।यी दुई खेलाडी प्रदर्शने अस्ट्रेलियामा निकै चर्चा पाएको छ ।

उनीहरु निकट भविश्यमै अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा देखिने अपेक्षा गरिएको छ । आगामी वर्ष इंग्ल्याण्डमा हुने विश्व कप र एशेजमा यी दुई खेलाडीले पुनरागमन गर्ने अनुमानसमेत गरिएको छ ।