प्रतिद्वन्द्वी क्लबबाट स्टार स्ट्राइकर साइन गर्न म्यान्चेस्टर युनाइटेड इच्छुक

म्यान्चेस्टर युनाइटेड आफ्नो प्रतिद्वन्द्वी क्लब टोटनह्यामका स्टार स्ट्राइकर ह्यारी केन साइन गर्न इच्छुक रहेको खबर छ।

स्पर्समा ह्यारी केनको निकै उत्कृष्ट प्रदर्शन रहेको छ र उनले धेरै गोल गर्ने गरे पनि क्लब सँग उनले अहिले सम्म कुनै उपाधि जितेका छैनन् र केन यो कुराबाट खुसी छैनन्।

हाल यो उनको क्यारियरको राम्रो समय रहेको छ र उनले उपाधिहरू जित्ने आफ्नो इच्छा स्पष्ट गरेका छन् र स्पर्स सँग उनी उपाधि जित्न असफल रहे उनले क्लब छोड्ने मानसिकतामा रहेको देखिन्छ।

म्यान्चेस्टर युनाइटेडले उक्त कुराको फाइदा लिँदै उनलाई साइन गर्न सक्ने खबर छ। पुर्व फुटबल स्टार पल मेर्सोनले पनि युनाइटेडलाई केन साइन गर्न आग्रह गरेका छन्।

केन साइन गर्न रियल, पिएसजी जस्तो क्लबहरू पनि इच्छुक छन् र स्पर्स सँग उनी उपाधि जित्न असफल रहे उनले चाडै क्लब छोड्ने खबर छ