प्रकाश बुढाथोकी मनाङमा आवद्ध

मनाङ मस्र्याङ्दी क्लबले शहिद स्मारक ए डिभिजन लिगका लागि सोमबार चर्चित नेपाली फुटबलर प्रकाश बुढाथोकीलाई अनुबन्ध गरेको छ । प्रकाश भर्खरै मात्र भुटानमा पारो एफसीबाट भुटान नेशनल लिग खेलेर फर्किएका हुन् । यस सिजन पारो एफसी नेशनल लिगको उपविजेता बन्न सफल भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले दशैं र तिहारका लागि रोकिएको ए डिभिजन लिग यहि आउँदो मंसिर १ गतेदेखि सुचारु गर्दैछ ।