प्रकाश फ्रेण्ड्स क्लबमा आबद्ध

काठमाडौं, फ्रेण्ड्स क्लब कुपोन्डोलले ए डिभिजनका लागि राष्ट्रिय टोलिका मिडफिल्डर प्रकाश बुदाथोकीलाई अनुबन्ध गरेको छ ।

फ्रेण्ड्स क्लबले आसन्न ए डिभिजन लिगको लागि प्रकाशलाइ अनुबन्ध गरेको हो ।

क्लबले उनलाइ कप्तानको जिम्मा समेत सुम्पिएको छ । प्रकाश गत सिजन एनआरटिबाट खेलेका थिए ।

उसले मनाङ मर्स्याङ्दी र रुस्लान थ्री स्टार जस्ता क्लबबाट पनि खेलेइसकेका छन ।

ए डिभिजन लिग कार्तिक २९ गतेबाट काठमाडौंमा सुरु हुदैछ ।