प्यानिच भित्र्याउन टर्किस क्लब सफल

एजेन्सी, स्पेनिश क्लब बार्सिलोनाका मिड्फिल्डर मिरालेम प्यानिच भित्र्याउन टर्किस क्लब बेसिक्टास सफल भएका छन्। रिपोर्टका अनुसार प्यानिच एक सिजनका लागि लोनमा बेसिक्टासमा अनुबन्ध हुनलागेका छन्।

हाल बार्सिलोनामा प्यानिचको पारिश्रमिक करिब ८ मिलियन युरो रहेको भनिएको छ। रिपोर्टका अनुसार बेसिक्टासले उनको पारिश्रमिकको २.७ मिलियन युरो तिर्ने छ। उनी अर्को वर्ष सम्मका लागि मात्र बार्सिलोनामा अनुबन्ध छन् र अर्को वर्ष फ्री एजेन्टको रुपमा क्लब छाड्न सक्ने छन्।
३१ वर्षका बोस्नियन खेलाडी प्यानिच गत वर्ष नै करिब ६० मिलियन युरोमा इटालियन क्लब युभेन्टसबाट बार्सिलोनामा अनुबन्ध भएका थिए। क्लबमा अनुबन्ध भएपछि उनले बार्सिलोनाका लागि आशा अनुरुप प्रदर्शन भने गर्न सकेका छैनन्। उनले बार्सिलोनाका लागि ३० खेल खेलेका छन्।