प्याट्रिक इभ्राले सन्यासको घोषणा

म्यानचेस्टर युनाइटेड तथा युभेन्टसका पूर्व खेलाडी प्याट्रिक इभ्राले सन्यास लिने घोषणा गरेको छ।

३८ वर्षीय खेलाडी इभ्राले आफू प्रशिक्षक बन्ने खुलासा गरेका छन्। फ्रान्सका लागि उनले ८१ खेल खेलेका छन्।

उनले भने मेरो खेल करियर आधिकारिक रुपमा सकिसक्यो। मैले यूईएफए बी कोचिङ लाइसेन्सको तालिम लिएको थिएँ । अब ए लाइसेन्सको लागि तयारी गर्नेछु, यदि सबै राम्रो भयो भने डेढ वर्षमा म टिमको प्रशिक्षक बन्छु।

इभ्राले नाइस र मोनाकोमा खेल्नुभन्दा पहिले इटालियन क्लब मार्सला र मोन्जामा खेलेका थिए। सन् २००६ मा युनाइटेडमा आएका थिए र ८ वर्ष युनाइटेडमा खेलेका थिए। युनाइटेडमा हुदा उनले प्रिमियर लिग पाचौँ पटक जिते। उनले सन् २००८ को च्याम्पियन लिग पनि जिताउँन योगदान दिएका थिए।

उनले युभेन्टसका लागि २ चोटी सिरी ए पनि जित्न सफल भए।