
च्याम्पियन्स लिगबाट युभेन्टस नकआउट भएको छ। घरेलु मैदानमा एफसी पोर्टोलाई पराजित गरे पनि समग्रमा अवे गोलको आधारमा युभेन्टस नकआउट भएको थियो र सो खेलमा रोनाल्डोको प्रदर्शनको आलोचना भएको छ।
Bizarre to think that Juventus went to the #UCL final twice without Cristiano Ronaldo.
They signed him to help win a competition where Juve have been cursed, only to be knocked out twice in a row in the Round of 16 by Lyon and Porto.
— Matteo Bonetti (@BonettiESPN) March 9, 2021
च्याम्पियन्स लिग जित्नको लागि युभेले रोनाल्डोलाई साइन गरेको तर रोनाल्डोको आगमन पछि च्याम्पियन्स लिगमा युभे झन् असफल हुँदै गरेको इटालियन रिपोर्टरले गुनासो गरे भने उनको प्रदर्शनको पनि आलोचना भएको छ।
Cristiano Ronaldo vs. Porto
— CF Comps (@CF_Comps) March 9, 2021
सो खेलमा हाल रोनाल्डोको प्रदर्शनको भिडियो भाइरल भएको छ जसमा उनको ड्रीबल प्रयास असफल भएको र उनले धेरै मिस-पास गरेको भनेर आरोप लागेको छ।
Porto pinch it surely. We’ve finally found something Ronaldo can’t do: stand still in a wall. Blimey, Juve have scored again. 4-4 and Porto lead on away goals. Bonkers game.
— Gary Lineker 💙 (@GaryLineker) March 9, 2021
खेलमा रोनाल्डोले धेरै प्रभाव पर्न नसकेको धेरैले गुनासो गरे भने खेलको अन्तिम समयमा वालमा बसेर पोर्तोको फ्री किक रोक्न उनले प्रयास नगरेको पनि उनको माथि आरोप लागेको छ।
युभेन्टस लगातार दोस्रो पटक अन्तिम १६बाटै च्याम्पियन्स लिगबाट नकआउट भएको छ। मंगलबार अतिरिक्त समयमा लम्बिएको खेल ३-२ मा सकिएको थियो । त्यसअघि पहिलो लेग पोर्टोले २-१ ले जितेको थियो । समग्रमा ४-४ को बराबरी भएपनि पोर्टोले युभेन्टसको मैदानमा २ अवे गोल गरेपछि अघि बढेको हो । खेलको आधा भन्दा बढी समय १० खेलाडीमा समेटिएको पोर्टोले ऐतिहासिक जित निकाल्न सफल रह्यो ।