आर्सनलले साइन गर्यो पोर्चुगीज युवा लेफ्ट-ब्याक

प्रिमियर लिग क्लब आर्सनल बेन्फिकाका युवा पोर्चुगीज लेफ्ट ब्याक नुनो ताभरेस साइन गरेको खबर छ। २१ वर्षका युवा लेफ्ट ब्याकलाई आर्सनलले £८.५ मिलियनमा साइन गरेको जानकारी छ।

ताभरेस हाल बेलायतमा छन् भने आर्सनलले उनी सँग सम्झौतामाको आधिकारिक कागजातको कामहरू पुरा गरेको खबर छ र नुनो ताभरेसलाई चाडै प्रि-सिजनको खेलहरूमा खेलाउने आर्सनलको आशा रहेको छ।

गनर्स आफ्नो खेलाडीहरू बेच्नेमा पनि सक्रिय रहेको छ, आर्सनलले आफ्नो मिडफिल्डर मट्टेओ गुएन्डाउजीलाई मार्सेमा लोनमा पठाउने छ भएको छ।

गुएन्डाउजीलाई हाल लोनमा साइन मार्सेले साइन गरेको छ भने उनलाई अर्को गर्मीको ट्रान्सफर विन्डोमा करिब १० मिलियनमा स्थायी रुपमा सम्झौताको मार्सेले साइन गर्न सक्ने खबर छ।