एट्लेटिको म्याड्रिडका पोर्चुगिज स्टार जाओ फेलिक्स साइन गर्न प्रिमियर लिग क्लब म्यान युनाइटेड र म्यान सिटी इच्छुक रहेको जानकारी छ। एट्लेटिको म्याड्रिडमा फेलिक्सले सोचे जस्तो खेल्न सकेका छैनन् भने उनले धेरै खेल समय पनि पाएका छैनन् अधिकांश समय उनी बेन्चमा हुने गरेका छन् भने खबर अनुसार एट्लेटिकोमा आफ्नो अवस्थाबाट पोर्चुगिज स्टार खुसी छैनन्।
🔴 Manchester United are one of four clubs that are interested in Atletico Madrid forward Joao Felix. Other teams interested include Liverpool, Arsenal and Newcastle [AS] pic.twitter.com/yj7pVTWenI
— FIVE (@FIVEUK) December 10, 2021
ट्रान्सफर विन्डो फेरी खुल्ने समय नजिक रहेको छ र उक्त ट्रान्सफर विन्डोमा फेलिक्सले आफूलाई बेच्न एट्लेटिको सामु अनुरोध गर्न सक्ने रिपोर्ट छ। एट्लेटिकोमा फेलिक्सको अवस्थामा भने अन्य क्लबहरुको निगरानी रहेको छ। म्यान युनाइटेड, म्यान सिटी, बायर्न र युभेन्टस जस्तो क्लबको नजर उनीमा रहेको छ भने आउँदो ट्रान्सफर विन्डोमा उनलाई साइन गर्न सो क्लबहरूले प्रयास गर्न सक्ने जानकारी छ।
एट्लेटिकोका अध्यक्ष एनरिके सेरेजोले भने फेलिक्सलाई क्लबले नबेच्ने दाबी गर्दै आएका छन्।
🚨 Jorge Mendes has been in contact for days with Manchester City, the goal is to bring Joao Felix to Etihad and Probably the citizens have also obtained information on Rafael Leão.🇵🇹🔵 #MCFC #Atleti #Milan
(via @cmdotcom)
— Football Transfers (@Transferzone00) December 9, 2021
“हाम्रो लागि, उहाँ एक महत्त्वपूर्ण खेलाडी हुन् र उनी बिक्रीको लागि होइन,” उनले एक अन्तर्वार्तामा दाबी गरे।
एट्लेटिको संग फेलिक्स तेस्रो सिजन बिताइरहेका छन्, बेन्फिकाबाट १२७ मिलियन युरोमा उनी म्याड्रिड क्लबमा सामेल भएका थिए।