पोर्चुगिज स्टार साइन गर्ने योजनामा चेल्सी

प्रिमियर लिग क्लब चेल्सी एट्लेटिको म्याड्रिडका पोर्चुगिज स्टार जाओ फेलिक्सलाई साइन गर्न इच्छुक रहेको छ भने आउँदो जनवरीको ट्रान्सफर विन्डोमा चेल्सीले उनलाई भित्राउन प्रयास गर्ने रिपोर्ट छ।

ला लिगा क्लब एट्लेटिको म्याड्रिडका पोर्चुगिज स्टार जाओ फेलिक्सले क्लब छोड्न इच्छुक रहेका छन् डिएगो सिमोनको नेतृत्वमा यो सिजन फेलिक्सले क्लबमा धेरै खेल समय पाएका छैनन् र सो कुराबाट असन्तुष्ट रहेका पोर्चुगिज स्टार जाओ फेलिक्स क्लब छोड्न तयार रहेका छन्।

एट्लेटिकोले रेकर्ड मूल्यमा फेलिक्सलाई २०१९मा बेन्फिकाबाट £११३ मिलियनमा साइन गरेको थियो तर यो सिजन उनले एट्लेटिकोमा धेरै बेन्चमा बिताएका छन् र सो कारण २२ वर्षीय स्टार क्लबमा खुसी छैनन् भने उनी क्लब छोड्ने मानसिकतामा रहेको बेला धेरै क्लबको नजर उनी माथि रहेको छ।

चेल्सी हाल नयाँ फोवार्डको खोजीमा रहेको छ। रहिम स्टर्लिंग र पियरे-एमरिक औबामेयांगको खेल चेल्सीमा सोचे जस्तो नभए पछि नयाँ विकल्पको खोजीमा रहेको चेल्सीले एट्लेटिको म्याड्रिडका पोर्चुगिज स्टार जाओ फेलिक्सलाई साइन गर्न प्रयास गर्ने रिपोर्ट रहेको छ।

चेल्सी सहित म्यान्चेस्टर युनाइटेड पनि फेलिक्सलाई साइन गर्न इच्छुक रहेको छ। फेलिक्स क्लब छोड्न इच्छुक रहेको बेला उनको इच्छा विपरीत उनलाई क्लबमा राख्ने एट्लेटिको म्याड्रिडको प्रयास नहुने र उनलाई बेच्न एट्लेटिको तयार हुन सक्ने जानकारी छ।

फेलिक्सले स्पेनिस क्लबका लागि १२७ खेलमा ३१ गोल र १८ असिस्ट गरेका छन्। युनाइटेड सहित लिभरपुल र पिएसजीको नाम पनि फेलिक्स सँग जोडिने क्रम रहेको छ।

 

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ