पोर्चुगिज स्टारले गरे यस्तो उत्कृष्ट डबल ‘नट-मेग’

मंगलबार वर्ल्डकपको युरोपियन क्वालिफायर भएको अजरबैजान र पोर्चुगल बिचको खेलको हाल एक भिडियो निकै भाइरल हुँदै गएको छ। खेलको ५औँ मिनेटमा म्यान सिटीका पोर्चुगिज स्टार जाओ क्यान्सलोले अजरबैजानका खेलाडीहरू विरुद्ध निकै उत्कृष्ट डबल ‘नट-मेग’ गरे पछि हाल सो क्षणको भिडियो भाइरल हुँदै गएको छ।

खेलको ५औँ मिनेटमा टचलाइनमा आफू प्रति अजरबैजानका विंगरले दबाबमा राखे पछि उनले उक्त विंगरलाई ‘नट-मेग’ गर्दै बललाई त्यो त्यो क्षेत्रबाट अर्कोमा लागे र उनलाई फेरी अर्को अजरबैजानका खेलाडीले मार्क गर्न खोज्दा उनले उक्त खेलाडीलाई पनि ‘नट-मेग’ गर्दै बल आफ्नो टिम- मेटलाई पास गरे।

उक्त खेलमा भने अजरबैजानलाई पोर्चुगलले ३–० गोल अन्तरले पराजित गरेको थियो।

पोर्चुगललाई सहज जित दिलाउनको लागि बर्नाडो सिल्भा, आन्द्रे सिल्भा र डिएगो जोटाले समान एक एक गोल गरे । पहिलो हाफमा दुई तथा दोस्रो हाफमा एक गोल भएको थियो ।

खेलको २६औँ मिनेटमा बर्नाडो सिल्भाको गोलबाट पोर्चुगलले अग्रता लिएको थियो । उनले ब्रुनो फर्नान्डेसको पासमा गोल गरेका थिए ।

३१औँ मिनेटमा डिएगो जोटाको पासमा आन्द्र सिल्भाले गोल गर्दै पोर्चुगललाई पहिलो हाफमा २–० को अग्रता दिलाए । ७५औँ मिनेटमा डिएगो जोटाले जोओ क्यान्सेलोको पासमा गोल गर्दै पोर्चुगललाई ३–० को सहज जित दिलाए ।

जितपछि समूह ‘ए’ मा अपराजित रहेको पोर्चुगल ५ खेलबाट १३ अंक जोडेर शीर्षस्थानमा यथावत रहेको छ । पराजित अजरवैजान १ अंक जोडेर पुछारमा छ ।