पोर्चुगिज फुल ब्याक माथि रियल म्याड्रिडको नजर

स्पोर्टिङ सिपिका युवा पोर्चुगिज डिफेन्डर नुनो मेन्डेस साइन गर्न ला लिगा क्लब रियल म्याड्रिड इच्छुक रहेको खबर छ।

१८ वर्षका मेन्डेसको स्पोर्टिङ सिपिमा निकै राम्रो प्रदर्शन रहेको थियो भने हाल उनी पोर्चुगलको राष्ट्रिय टिम सँग युरोमा व्यस्त छन्। प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीको नजर पनि उक्त युवा स्टारमा रहेको धेरै चर्चा छ भने हाल खबर अनुसार उनलाई साइन गर्ने दौडमा रियल पनि रहेको छ।

युवा फुल ब्याकको £६०.१ मिलियनको रिलिज क्लज रहेको पनि जानकारी छ भने म्यान सिटी सो रकम तिर्न इच्छुक रहेको खबर छ। मेन्डेसले भने आफ्नो क्लब भविष्यको निर्णय युरो २०२० पछि मात्र गर्ने छन्।

उनलाई साइन गर्न सिटी धेरै इच्छुक रहेको बेला रियल म्याड्रिडको नजर पनि उनी माथि रहेको छ भने अन्तिम समयमा रियलले सिटीलाई पछि पार्दै नुनो मेन्डेस साइन गर्न सक्ने चर्चा छ।