पोर्चुगल सँग प्रमुख प्रतियोगिताहरूमा रोनाल्डोको खराब फ्री किक रेकर्ड

क्रिस्टियानो रोनाल्डोले पोर्चुगलका लागि १०७ गोल गरेका छन् र उनले १२ विभिन्न प्रतियोगिताहरू खेल्ने क्रममा गरेका हुन्। उनी हालै युरो इतिहासमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी बनेका छन्।

तर रोनाल्डोको धेरै उत्कृष्ट रेकर्डहरू भएता पनि, पाँच पटकका बलोन डि ओर विजेताको प्रमुख टूर्नामेन्टहरूमा फ्री-किक रेकर्ड प्रभावकारी भने छैन।

हालै जर्मनी सँग भएको खेलमा उनले आफ्नो ५०औँ फ्री किक लिए र सो प्रयासमा पनि उनले गोल गर्न सकेनन् जसको मतलब उनले हाल सम्म युरो र विश्वकप जस्तो प्रतियोगिताहरूमा ५० फ्री किक प्रयासमा मात्र १ फ्री किक गोल गरेका छन्।

पोर्चुगलका लागि उनले उनले अन्तिम पटक २०१८को विश्वकपमा स्पेन विरुद्ध गरेका थिए। हालै मात्र उनको प्रतिद्वन्द्वी मेस्सीले उनको फ्री किक गोलको रेकर्ड तोडेका थिए।

कोप अमेरिकामा चिली विरुद्ध मेस्सीले आफ्नो ५७ औँ फ्री किक गोल गरे र सो क्रममा उनले रोनाल्डोलाई पछि पारेका छन्। क्लबमा पनि रोनाल्डोको हाल खराब फ्री किक रेकर्ड रहेको छ। युभेन्टसको लागि खेल्ने क्रममा उनले ७२ प्रयासमा १ गोल गरेका थिए।