पोर्चुगल, ब्राजिल लगायतका देशहरुको खेल आज हुँदै, हेर्नुहोस सबै खेल नेपाली समय अनुसार

विश्वकप २०२२ अन्तर्गत आज बिहीबार ४ खेलहरु हुँदैछन्।

समूह ‘जी’ र समूह ‘एच’ बाट आज दुई दुई खेलहरु हुनेछन्।

पहिलो खेलमा समूह ‘जी’ मा रहेको स्विजरल्याण्ड र क्यामरुनबीच प्रतिस्पर्धा हुनेछ। स्विजरल्याण्ड र क्यामरुनबीचको खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ।

दोस्रो खेलमा समूह ‘एच’ को उरुग्वे र दक्षिण कोरियाबीच प्रतिस्पर्धा हुनेछ। उरुग्वे र दक्षिण कोरियाबीचको खेल साँझ ६:४५ बजे सुरु हुनेछ।

त्यसै गरी तेस्रो खेलमा उपाधि दाबेदार पोर्चुगल र घानाबीच प्रतिस्पर्धा हुनेछ। समूह ‘एच’ मा रहेको पोर्चुगल र घानाबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ।

त्यस्तै बिहीबार हुने चौंथो खेलमा ब्राजिलले सर्बियाको सामना गर्नेछ । समूह ‘जी’ मा रहेको ब्राजिल र सर्बियाबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ।