पोर्चुगलको बिजयी सुरुवात

विश्वकप फुटबल छनौट अन्तर्गत युरोपियन छनौटको पहिलो खेलमा पोर्चुगलले जित निकालेको छ ।

बुधबार राति भएको पहिलो खेलमा पोर्चुगलले अजरबैजानलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

पोर्चुगलको जितमा आत्मघाती गोल निर्णायक बन्यो ।

खेलको ३६ औं मिनेटमा अजरबैजानका माक्सिम मेदभेदेबले आफ्नै पोस्टमा गोल गरेका थिए । जुन गोल पोर्चुगलको जितमा निर्णायक बन्यो ।

यस जितसँगै छनौटको समूह ‘ए’ मा रहेको पोर्चुगलले ३ अंक जोडेको छ ।

यसै समूहको अर्को खेलमा सर्बियाले रिपब्लिक अफ आयरल्याण्डलाई ३-२ गोल अन्तरले हराएको छ ।

सर्बिया ३ अंक जोडेर समूहको शीर्ष स्थानमा रहेको छ ।

पोर्चुगल समूहको दोस्रो स्थानमा रहेको छ ।