पोर्चुगलका स्टार मिडफिल्डर माथि बार्साको नजर

BARCELONA, SPAIN - FEBRUARY 15: (L-R) Sergi Roberto of FC Barcelona, Antoine Griezmann of FC Barcelona, Ansu Fati of FC Barcelona, Lionel Messi of FC Barcelona celebrates goal 1-0 during the La Liga Santander match between FC Barcelona v Getafe at the Camp Nou on February 15, 2020 in Barcelona Spain (Photo by David S. Bustamante/Soccrates/Getty Images)

पोर्चुगलका स्टार मिडफिल्डर रेनाटो सान्चेस माथि ला लिगा क्लब बार्सिलोनाको नजर रहेको खबर छ। ले १० स्पोर्टका अनुसार क्याटालान क्लब हाल आर्थिक समस्याको बिचमा पनि पोर्चुगलका स्टार मिडफिल्डर साइन गर्न इच्छुक रहेको छ।

२३ वर्षका मिडफिल्डरको खेल फ्रेन्च क्लब लिलसँग निकै राम्रो रहेको थियो भने युरो २०२०मा पनि उनी पोर्चुगलको लागि प्रभावित रहे।

उनलाई साइन गर्न अन्य क्लबहरू पनि इच्छुक रहेको जानकारी छ। प्रिमियर लिग क्लब टोटनह्याम र लिभरपुलको पनि नजर उनी माथि रहेको खबर छ भने बार्सा उनलाई साइन गर्न धेरै इच्छुक रहेको रिपोर्ट छ।

२०१६को युरो कप पछि उनको धेरै चर्चा भएको थियो भने उनलाई जर्मन क्लब बायर्न म्युनिखले साइन गरेको थियो। बायर्नमा भने उनी फ्लप हुन पुगेका थिए भने उनले प्रिमियर लिग क्लब स्वानसीमा पनि केही समय लोनमा बिताएका थिए।

२०१९मा उनी फ्रेन्च क्लब लिलमा सामेल भए भने उनी हाल निकै राम्रो खेल्दै छन् र फेरी पनि ठुलो क्लबहरूको नजर उनको माथि  पर्न थालेको छ।