युभेन्टसका सुपरस्टारले पोर्चुगलका लागि १०० गोल पार गरेपछि ब्राजिलका लेजेण्ड पेलेले क्रिस्टियानो रोनाल्डोको प्रशंसा गर्दै उनलाई बधाई दिए।
Eu pensava que iríamos comemorar 100 gols hoje. Mas foram 101! Parabéns @Cristiano, por cada passo adiante em sua jornada!
//
I thought we were going to celebrate 100 goals today. But it was actually 101! Congratulations @Cristiano, as you reach new heights in your journey. pic.twitter.com/8XWmxDX7yE
— Pelé (@Pele) September 8, 2020
३५ बर्षेका स्टारले नेसनल लीगमा स्वीडेनको बिरूद्ध शानदार फ्रि किक गोलको साथ आफ्नो १०० गोल पुरा गरे र रोनाल्डोले अली डेईको सबै समयको अन्तर्राष्ट्रिय गोल स्कोरिंग रेकर्डको नजिकै पुगेका छन् र सो क्रममा उनलाई तीन पटक विश्वकप विजेता पेलेले बधाई दिदै एक सन्देश पठाए।
७९ बर्सका फुटबल आइकनले ट्वीट गरे: “मैले सोचें कि आज हामी १०० गोलहरूको खुसी मनाउँछौं। “तर १०१ भयो! क्रिस्टियानोलाई बधाई छ, तपाईले अझै आफ्नो यात्रामा नयाँ उचाइहरूमा पुग्नुहुनेछन् ।”
Congratulations to @Cristiano on scoring 100 goals for Portugal. A truly staggering achievement by an extraordinary footballer. Well played. 👏🏻👏🏻👏🏻
— Gary Lineker (@GaryLineker) September 9, 2020
रोनाल्डोको उक्त उपलब्धिमा अरु धेरै खेलाडीहरु र खेलकर्मीहरुले उनको प्रसंसा गरे र उनलाई बधाई दिए। पूर्व बार्सिलोना र लेस्टर सिटी स्टार ग्यारी लिनकरले पनि उनको प्रशंसा गरे र उनलाई बधाई दिए।
उनको पुर्व क्लब म्यान्चेस्टर युनाइटेडले पनि उनलाई बहदै दिएका थिए।