पोर्चुगलका युवा स्टार माथि म्यान सिटीको नजर

प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी हाल नयाँ लेफ्ट ब्याकको खोजीमा रहेको खबर छ र स्पोर्टिङ सिपिका पोर्चुगिज युवा नुनो मिन्डेजमा सिटीको नजर रहेको जानकारी छ।

१८ वर्षीय युवा लेफ्ट-ब्याकको हाल खेल निकै राम्रो रहेको छ भने उनी नयाँ मार्सेलो बन्ने धेरैको विश्वास रहेको छ। म्यान सिटीको स्काउटले धेरै समय देखि उनी माथि निगरानी राखेको थियो।

उनलाई साइन गर्न सिटी इच्छुक रहे पनि उनको रिलिज क्लजको कारण सिटीलाई गाह्रो हुन सक्ने इटालियन ट्रान्सफर विज्ञ फाब्रिजियो रोमानोले बताए। रोमानोका अनुसार पोर्चुगलका युवा स्टारको रिलिज क्लज €७० मिलियन रहेको छ जुन तिर्न सिटी इच्छुक छैन।

खबर अनुसार सिटीको सुचीमा अन्य लेफ्ट ब्याकहरू पनि रहेको छ जसलाई सिटीले आफ्नो लक्ष्य बनाउने छ तर नुनो मिन्डेजमा सिटीको धेरै चासो रहेको थियो र सो कुरामा सिटीले के गर्ने आउँदो समयमा थाहा हुने कुरा छ।