पोर्चुगलका डिफेन्डर म्यान सिटीमा स्टार बन्दै

प्रिमियर लीगको शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटी पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ। यो सिजन सिटीको डिफेन्स रेकर्ड पनि निकै राम्रो रहेको। सिटीले लिगमा दोस्रो स्थानमा रहेको म्यान्चेस्टर युनाइटेड भन्दा ११ गोल कम खाएको छ र यसको श्रेय सिटीका नयाँ डिफेन्डर रुबेन डियास रहेको छ।

च्याम्पियन्स लिगमा पिएसजी विरुद्ध सेमी फाइनलको खेलहरूमा पनि उनको निकै राम्रो प्रदर्शन रहेको थियो र उनलाई साइन गर्नको लागि पेप गार्डियोलालाई ठुलो श्रेय दिनु पर्ने छ।

पेपले रुबेन डियासको प्रतिभा पहिचान गरेर क्लबलाई €५४ मिलियनमा साइन गर्न दबाब दिए। पेप उनको खेलको ठुलो फ्यान रहेको थिए र उनलाई क्लबमा भित्राउनमा पेपको मुख्य भूमिका रहेको थियो।

पेपको उक्त निर्णय अन्त्यमा निकै उत्कृष्ट साबित भएको छ। पोर्चुगलका डिफेन्डर रुबेन डियास हाल प्रिमियर लिगमा एक स्टार बन्दै छन् उनको उत्कृष्ट प्रदर्शनको मद्दतमा हाल सिटी लिगको शीर्ष स्थानमा छ भने सिटीले हाल सम्म लिगमा मात्र २४ गोल खाएको छ भने पिएसजी सँगको जित पछि हाल सिटी पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ।

सिटीले उनलाई बेनिफिकाबाट €५४ मिलियन र ओटोमेंदी दिएर साइन गरेको थियो र हाल उनी सिटीको एक महत्त्वपूर्ण खेलाडीको रूपमा परिणत भएका छन्।